पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

काठमाडौं। महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ। जिल्ला प्रशासन … Read more

त्रिशुली बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या सात पुग्यो

मलेखु। धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । … Read more

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा आयो समस्या

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ‘डाउन’ भएको छ। नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो। नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। भारत, अमेरिकालगायत विश्वभर नै समग्र सिस्टम डाउन भएकाे सीएनएनलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन … Read more

चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन – चितवनमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । राप्ती नगरपालिका ४ मा बस्ने ४५ बर्ष का बिष्णुभक्त श्रेष्ठको उपचारको क्रममा पुरानो मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे राप्ती नगरपालिका ५ खहरेपुल नजिकै पुर्बपश्चिम राजमार्गमा भरतपुरबाट पिप्ले तर्फ जाँदै गरेको बा. प्र.०३-००१ क … Read more

शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि

चितवन – छात्रावासमा मृत फेला परेकी चितवनकी शालिन पोखरेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चितवनको रत्ननगर नगरपालिका – १० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत शालिन फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । शालिनको पार्थिव शरीरमा बुबाले दागबत्ती दिएका थिए । शालिनले आत्महत्या … Read more

नारायणी नदी किनारमा प्रथम जनजाति आदिवासी साँस्कृतिक तथा व्यापारिक महोत्सव २०८० हुने

चितवन –  आदिवासी जनजातिको भाषा, संस्कृति प्रबर्द्धन गर्न महोत्सवको आयोजना गरिने भएको छ । आगामी चैत ९ गतेदेखि १८ गतेसम्म नारायणी नदी किनासमा ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो । आदिवासी जनजाति महासङ्घको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको आज यहाँ पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । महोत्सवमा तीन सय प्रदर्शनी … Read more

बसले कृष्णपुरको माछापुछ्रे चोकमा बालकलाई ठक्कर दिदा बालकको घट्ना स्थलमै मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हिजो बेलुका भरतपुरबाट माडीतर्फ जादै गरेको ना ४ ख ५८१५ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । बसको ठक्करबाट वाल्मिकि शिक्षा सदनमा कक्षा केजिमा पढ्ने ६ वर्षिय बालक आयुष पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता … Read more

चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जना पक्राउ

चितवन:  चितवनमा दुई किलो ३० ग्राम लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लागुऔषध र दुई लाख १६ हजार ५०० रुपैयाँसहित कालिकोटका ४० वर्षीय केशब बमलाई भरतपुर–१० चौबिसकोठीबाट आइतबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार चौबिसकोठीको पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा सार्वजनिक सवारीबाट ओर्लिई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा बमलाई … Read more

राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुँदै

काठमाडौं। राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द … Read more

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नु पर्छः मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सबै जनताको अधिकार पुग्नु पर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको ५२ औं साधारणसभा शनिवार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुग्नु पर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा अहिले भएका सेवाहरु अझै अपुग भएको भन्दै उहाँले यसलाई बिस्तार गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । प्रदेश … Read more