३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर

काठमाडौं, फागुन ९- काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्ग मिटरमा ढुङ्गा बिछ्याउने भएको छ । कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ । महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सात वटा प्याकेजमा आठ वटा योजना कार्यान्वयन ल्याइएकोमा पाँच वटा योजना सम्पन्न भएको जनाएको … Read more

यातायात कार्यालयका २५ लाख फाइललाई विद्युतीय रूपान्तरण सुरु

काठमाडौँ/बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेखमा रुपान्तरण सुरु गरेको छ। भौतिक फाइलहरुलाई विद्युतीय अभिलेख गर्न थालिएको हो। यातायात व्यवस्था कार्यालय गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्न काम शुरु गरेको बताउनुभयो । उहाले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने … Read more

‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरेका छन् । शुक्रवारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए । उनले जनसङ्गठनहरूमा … Read more

सातामा ४ दिन शेयर बजार खुल्दा ६५ अंकले बढ्यो नेप्से

काठमाडौं– शेयर बजारका लागि यो सातालाई सुखद् लिन सकिन्छ । सातामा ४ दिन मात्रै शेयर कारोबार हुँदा पनि बजार हाफ सेन्चुरीभन्दा धेरै बढेको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगानीकर्तालाई खुसी दिने गरी बढेको छ । अघिल्लो साताको बिहीबार नेप्से परिसूचक २६७८.४७ विन्दुमा रहेकोमा यो साताको बिहीबारसम्म ६५.२७ अंकले बढेर २७४३.७४ विन्दुमा आएको हो … Read more

एकीकृत समाजवादी सानो छ भन्नेलाई मुखभरिको जबाफ दिनुपर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी सानो छ, चल्छ भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिनुपर्ने बताएका छन्। शुक्रबार ललितपुरमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले काम, गतिविधि र व्यवहारबाट पार्टी सञ्चालन गरेर देखाउनुपर्ने बताए। ‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर, अनि यो पार्टी चल्छ भन्ने खालका निराशावादी … Read more

उपप्रधानमन्त्री सिंहसँग जापानी राजदूत मायदाको भेट

काठमाडौँ, फागुन ९ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ । उपप्रधानमन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबिचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि … Read more

कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार

म्याग्दी, फागुन, ९ गते । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो । बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको … Read more

पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछः अध्यक्ष प्रचण्ड

दमौली (तनहुँ), फागुन ९- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताउनुभएको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताउनुभयो । बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय … Read more

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

काठमाडौँ, फागुन ९ – मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१र८२ को माघसम्ममा सरकारी ऋण रू २६ खर्ब ११ अर्ब छ करोड पुगेको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more