विद्यार्थी बोकेको जीप दुर्घटनाः २ विद्यार्थीको मृत्यु, ९ घाइते

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा जीप दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो … Read more

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् । एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले अहिले भरखर सम्पन्न कमिटीको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताए । पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि … Read more

रास्वपामा समानुपातिकबाट उम्मेदवारी फिर्ताको घोषणा जारी,गायक प्रकाश सपुतपनि छलफलमा

रास्वपाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ताको घोषणा गर्ने क्रम चलिरहेको छ । शनिबार साँझसम्म पाँच जनाले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ शाह, उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ताको घोषणा गरेका … Read more

साताको पहिलो दिन नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) साताको पहिलो कारोवारको दिन नेपाली बजारमा सुनको मूल्य घटेको हो । आज सुन तोलामा दुई हजार एकसय रुपैयाँ घटेर दुई लाख ६० हजार चारसय रुपैयाँमा झरेको छ । गत सातापनि सोमबारदेखि बिहीबारसम्म ११ हजार घटेको सुनको मूल्य शुक्रबार तोलामा दुई हजार … Read more

वर्षाको अद्यावधिक आकलनः अझै पनि कम वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आकलन सार्वजनिक गरेको छ । सार्वजनिक आकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो । आउँदा दिनमा … Read more

चितवन उद्योग संघको कार्यसमिति महिला सदस्य पदमा बिन्जु राजकर्णीकार श्रेष्ठको उम्मेदवारी

भरतपुर । चितवन उद्योग संघको आगामी निर्वाचनका लागि बिक्यु फेसन जोन तथा बृषा ज्वेलर्स भृकुटीपथ नारायणगढमा सञ्चालन गर्दै आउनु भएकी महिला उद्यमी बिन्जु राजकर्णीकार श्रेष्ठ ले कार्यसमिति सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि महिला उद्यमशीलताको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकी राजकर्णीकार श्रेष्ठले २०८२–२०८४ कार्यकालका लागि हुने निर्वाचनमा महिला नेतृत्वलाई सबल बनाउने उद्देश्यसहित … Read more

नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको महाधिवेशन सौराहामा

भरतपुर । नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघाराँै केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । शनिबारदेखि सुरु भएको महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित हुनेछ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे आफु जानकार … Read more

कुलमान राश्वपा प्रवेश गरेको सरकारलाई औपचारिक जानकारी छैनः प्रवक्ता खरेल

सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदिश खरेलले सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको बारेमा सरकारलाई औपचारिक जानकारीमा नआएको बताएका छन् । आज (शुक्रबार) चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुरागर्दै प्रवक्ता खरेलले मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने आवश्यक निर्णय लिइने बताए । मन्त्री खरेलले आफू … Read more

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्धारा समुदायमा आधारित रोग निगरानी निर्देशिका जारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको निर्देशिका मन्त्रीस्तरबाट २०८२ मङ्सिर १४ गते स्वीकृत भएको हो । निर्देशिका कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ सङ्क्रामक रोगको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । … Read more

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताउनुभयो । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिनुभयो । “घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको … Read more