रक्तसञ्चार केन्द्रमा छैन रगत वर्गीकरण गर्ने मेसिन

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा रहेको रक्त सञ्चार केन्द्रमा रगत वर्गीकरण गर्ने मेसिन छैन । विसं २०७४ देखि सञ्चालित कालिकादेवी रक्त सञ्चार केन्द्रमा अझै पनि रगत वर्गीकरण गर्ने ९कम्पोनेन्ट मेसिन० नहुँदा रगत वर्गीकरणमा समस्या भएको छ । रक्त सञ्चार केन्द्रका इन्चार्ज नरेश चौधरीका अनुसार अहिले फ्रिजमात्र छ, रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन छैन । कसैलाई … Read more

मैजुबहालको ढुङ्गेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ । त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ । स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना … Read more

सामाजिक सञ्जाल बन्द गर्ने कि नगर्नेबारे निर्णय गर्न बैठक जारी

सामाजिक सञ्जाल बन्द गर्ने कि नगर्नेबारे निर्णय गर्न सञ्चार मन्त्रालयमा बैठक जारी छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागीमा छन् । बैठकमा सहभागी एक अधिकारीका अनुसार अहिले निर्णय लेख्ने काम भइरहेको छ । सम्भवतः आजै रातिदेखि लागू हुने गरी … Read more

नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोःपरराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताउनुभएको छ । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज यहाँ आयोजित सामारोहमा मन्त्री डा राणाले उक्त सहयोग नेपाल र अमेरिकाबीचको दिगो मित्रता र सहकार्यको प्रतिक हो भन्नुभयो । अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको … Read more

फेसबुक, युट्युब बन्द नगर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुक र युट्युब जस्ता सामाजिक सञ्जाल हतारमा बन्द गर्ने निर्णयमा नपुग्न सरकारलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले भने, ‘सामाजिक सञ्जाल व्यवस्थित गर्नुपर्छ । दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । यसका लागि वार्ता र रणनीति अपनाउनुपर्छ । हतारमा बन्द गर्ने होइन,’ उनले भने, … Read more

तरकारीखेतीबाट वार्षिक तीन लाख बचत

शुक्लाफाँटा नगरपालिका-८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्ज गर्दै आउनुभएको छ । सामान्य लेखपढ गर्न पनि नगर्नुभएका चौधरी अहिले गाउँका एक सफल व्यवसायिक किसानका रूपमा परिचित हुनुहुन्छ । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गर्नुभएको हो । पछि थप १० कठ्ठा जग्गा भाडामा … Read more

वडामै ‘राष्ट्रिय परिचय पत्र’को सेवा

सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयको सहयोगमा भदौ दोस्रो साता वडास्तरिय ‘घरदैलो सेवा’ अभियान सञ्चालन ग¥यो । पनौती नगरपालिकाले बुधबारदेखि १० दिनको शिविर आयोजना गरी सेवा सुरु गरेको छ । तेमालको शिविरबाट ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अपाङ्गता भएका व्यक्तिले निकै ठूलो राहातको महसुस गरे । … Read more

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिन्ह्

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् लगाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सो अवसरमा गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता, जेष्ठतालगायत आधारमा प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरी जिम्मेवारी प्रदान गरेको बताउनुभयो । मुलुकमा शान्ति, सुव्यवस्था र सुुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न … Read more

चाडपर्वलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत गरिँदै

नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उहाँले भन्नुभयो, “दसैँ, … Read more

वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो … Read more