सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखिएपछि नेपालमा सतर्कता

भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका … Read more

बैतडीमा पहिरोले एक पसलमा क्षति, आठ घर जोखिममा, सडक अवरुद्ध

लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण जिल्लाको पाटन नगरपालिका–४ भट्टागाउँका धर्मानन्द भट्टको दुईतले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पसल भत्किँदाभित्र रहेका खाद्यान्न र किराना सामान गरी रु एकलाख बढीको क्षति भएको … Read more

०८४ पछि तपाईंहरू पनि बोल्न पाउनुहुने छैनः सांसद हरि ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्तापक्षका सांसदहरूले उल्टै आफूहरूमाथि नै मिथ्या आरोप लगाइरहेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर … Read more

चाडपर्वलाई मध्येनजर गर्दै व्यावसायिक सचेतना अभियान

नजिकिँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै नेपालगञ्जमा व्यावसायिक सचेतना अभियान सुरु गरिएको छ । चाडपर्वमा हुनसक्ने कालोबजारी, मूल्य वृद्धि र गुणस्तरहीन खाद्यवस्तुको बिक्रीलाई निरुत्साहित गर्न यसवर्ष नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले सचेतना अभियान सञ्चालन गरेको हो । सङ्घका अध्यक्ष टङ्क धामीले व्यवसायीलाई कानुनद्वारा तोकिएको सीमामा रहेर जिम्मेवारीपूर्वक व्यवसाय गर्न आग्रह गर्दै आतङ्कित पार्नेगरी नभई सचेतना जागरण गर्ने … Read more

अनुदानको मल लुकाउने व्यापारी पक्राउ

अनुदानको २०० बोरा मल लुकाएर राख्ने व्यापारी पक्राउ परेका छन् । सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईँका अनुसार उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी प्रकाउ गरिएको छ । । चौधरीलाई पक्राउ … Read more

थोरै वर्षामा विद्यालय परिसर जलमग्न हुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा बिहान घण्टी बज्नेबित्तिकै विद्यार्थी सरस्वती बन्दना वा पिटी कवाज गर्न नपाइ सीधा कक्षा कोठामा प्रवेश गर्छन् । शिक्षकले पनि कक्षाभित्रै हाजिरी गरी पठनपाठन सुरु गर्ने गरेका छन् । विद्यालय परिसर वर्षा लागेसँगै जलमग्न र हिलाम्मे हुने भएकाले विद्यार्थीलाई बाहिर लामबद्ध गर्ने गतिविधि गर्न नसकिने अवस्था छ । करिब चार … Read more

भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए

गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ । सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत … Read more

सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्ः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनसँग मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । चीनले आयोजना गरेको परेडमा चिनियाँ राष्ट्रपति सीसँगै पुटिन र किम देखिएका … Read more

चौताराका किसान किबीखेतीमा आकर्षित

अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका–४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न … Read more

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ । ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ … Read more