जङ्गल फाँडेर एक करोड लगानीमा सुन्तलाखेती विस्तार गरेका गुरुङ

बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको हो । करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गर्नुभएको हो । उहाँको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब ५० प्रतिशत बोटले … Read more

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर … Read more

२०२५ मा विश्वभर १२८ पत्रकारको मृत्यु

सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस समूहले विशेष चिन्ता व्यक्त … Read more

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल निर्माण भएको तीन वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जानुपर्ने भएकाले पुल सञ्चालनमा आउन नसकेको हो । विसं २०७० सालको असार ३० गते नेपाली भू–भाग हुँदै सीधै वाल्मीकि आश्रम पुग्नेगरी नारायणी नदीमा झोलुंगे पुल बनाउने सम्झौता गरिएको थियो । दुई वर्षमा … Read more

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घरघरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले … Read more

ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने

ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताउनुभयो । उहाँले विभिन्न कालखण्डमा भएको क्रान्तिले मुलुकभित्र सत्ता … Read more

लौकहीमा गोली लागेर एक जनाको मृत्यु

कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो । उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् । रासस

सुनचाँदीको मूल्यका केहि गिरावट

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६१ हजार … Read more

चितवनमा तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस बाजागाजासहित मनाइयो

तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज यहाँ बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र क्याम्पसका विद्यार्थीहरुको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो । देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन् । चितवन औद्योगिक प्रदर्शनी परिसरबाट … Read more

‘हिट एण्ड रन’ नियन्त्रणमा चितवन प्रहरी सक्रिय

पछिल्लो समय विभिन्न सवारी साधनले गराउने ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारी साधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ । यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे व्यापक जनचेतना आवश्यक देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार, हिट … Read more