रवि–बालेन सम्झौताप्रति सुदन गुरुङको टिप्पणी….

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताप्रति द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा) ले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय … Read more

प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुग्यो सुनको मूल्य

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार ) सुन प्रतितोला १३ सय रुपैयाँ बढेर हालसम्मकै महँगोमा कारोबार भएको हो । यस दिन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन तोलामै १८ सय रुपैयाँ बढेर दुई … Read more

जनचाहना बमोजिम दुई नेता एकसाथ रास्वपामाः डीपी अर्याल

जनताको चाहनाबमोजिम रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एकसाथ भएको टिप्पणी रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् । आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि प्रतिक्रिया दिँदै अर्यालले फेसबुकमा लेखेका छन्, ‘जनताको आशा र चाहनाबमोजिम २ नेता ! साथमा अब रास्वपामा ।’ आइतबार बिहान भएको सहमतिसँगै बालेन रविले नेतृत्व गरेको … Read more

समृद्ध नेपालको गन्तव्य तय हुँदैछ: सञ्चारमन्त्री खरेल

अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले नयाँ दिन नयाँ सुरुवात’ भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि सञ्चारमन्त्री खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन् । उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना … Read more

सौराहामा हात्ती महोत्सवः आज हात्ती पूजा र वनभोज

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले पछिल्ला दुई दिन सौराहाका होटल पूर्ण रूपमा भरिभराउ भएका छन् भने पर्यटकीय क्षेत्र निकै चहलपहल बनेको छ । महोत्सव अवधिभर हात्ती सुन्दरी प्रतियोगिता, डुङ्गा दौड प्रतियोगिता, पेनाल्टी … Read more

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिको १६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेलले दरबारका भित्री चोक तथा सङ्ग्रहालयको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्य समितिको रहेको बताउनुभयो । … Read more

देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताउनुभयो । उहाँले आगामी फागुन २१ … Read more

कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ

शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको टिप्पणी गर्नुभएको छ । आज उहाँ घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्ट २०८२ मा सम्बोधन गर्दै उहाँले सरकारले ‘डेभलपमेन्ट डिकेड’ वा दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित प्रगति … Read more

कैलाली-३ बाट प्रतिनिधि सभा सदस्यमा युवा नेता विरेन्द्र जि.सी. को दाबेदारी

पार्टीद्वारा सिफारिस ​कैलाली । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट (नेकपा) नेपाली कम्युनिस्ट पार्टी ले उर्जावान युवा नेता एवं अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव विरेन्द्र जि.सी. लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। ​देशभर राजनीतिमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला, माओवादी केन्द्रले जि.सी. लाई अघि सारेर … Read more

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए। प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै … Read more