चितवनका बालानन्द शर्मा बने परराष्ट्रमन्त्री

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बनेका छन । उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाएकी हुन । चितवनको माडी घर भएका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा … Read more

कृषिलाई जीवनशैली बनाउने सपना

टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने । यो दृश्यको परिकल्पना धेरैका लागि अझै पनि अस्वाभाविक लाग्न सक्छ । कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो … Read more

‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ : नागरिकमन्त्री श्रद्वा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्वा श्रेष्ठले ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबैको हातेमालो र सहयोगको आवश्यकता औँल्याउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, … Read more

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताउनुभयो । साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा … Read more

​चम्किलो तारा झैँ उदाउँदैछन् विजय परियार: चितवन क्षेत्र नं ३ बाट दलित क्लस्टरमा समानुपातिकको बलियो दाबेदारी

नेपालको राजनीतिक रङ्गमञ्चमा यतिबेला एउटा यस्तो नामको चर्चा छ, जसले सङ्घर्षको रापमा आफूलाई तिखारेको छ र अभावको भुमरीबाट उठेर न्यायको मशाल बालेको छ। उनी हुन्— विजय परियार। चितवन क्षेत्र नम्बर ३ को उर्वर राजनीतिक भूमिबाट एउटा ‘चम्किलो तारा’ झैँ उदायका परियारले आगामी निर्वाचनमा दलित क्लस्टरबाट समानुपातिकतर्फ आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका छन्। ​ विचारको जगमा … Read more

सुनचाँदीको मूल्यमा वृद्धि , दुवै धातुको मूल्य हालसम्मकै उच्च

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल रू चार हजार ५८५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । … Read more

क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

११ अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ । भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा … Read more

अण्डाको मूल्य घट्यो, कति पुग्यो ?

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ । संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो । यसमा … Read more

चितवनको मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका … Read more

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ । आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गरिरहनुभएको छ । मन्त्री खरेलको … Read more