एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात

करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले एक वर्षमा ६० करोड रुपैयाँ भन्दा बढीको उत्पादन विदेश निर्यात गरिएको जनाएको छ। कम्पनीले आफ्ना उत्पादनहरू भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको र विदेशमा समेत नेपाली … Read more

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु

मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् । बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए … Read more

ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ

बैतडी, असार ४ गते  । ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ । प्रहरीका अनुसार शनिवार रातिदेखि बेपत्ता भएका ट्रक चालक बैतडीको पाटन नगरपालिका –६ का ५१ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी … Read more

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि … Read more

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठानमाथि कारबाही

बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी … Read more

यी नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं- अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ। यसैगरी इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ। नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह … Read more

मंगलबार कस्तो रहला देशभरको मौसम?

काठमाडौं। हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका र बागमती प्रदेशका … Read more

२०८१ साल असार ४ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैझमेलाको अवस्था आउला, … Read more

दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको फिलिपिन्सको दाबी

फिलिपिन्सले औपचारिक रूपमा दक्षिण चीन सागरको विस्तृत महाद्विपीय क्षेत्रमा आफ्नो दाबी गरेको छ। फिलिपिन्सले दक्षिण चीन सागरको महाद्विपीय क्षेत्र आफ्नो रहेको भन्दै संयुक्त राष्ट्र सङ्घमा औपचारिक रूपमा दर्ता गरेको फिलिपिन्सको विदेश मन्त्रालयले जनाएको छ । यो क्षेत्रमा विशेष अधिकार सुरक्षित गरेर त्यहाँका प्राकृतिक स्रोतहरूको दोहन गर्ने उद्देश्यले फिलिपिन्स अघि बढेको बताइएको छ । यस क्षेत्रमा … Read more

टि–२० विश्वकप : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं । टि–२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । यससँगै नेपालको विश्वकप यात्रा जितविहीन भएर टुंगिएको छ । आज सेन्ट भिन्सेन्टको किंग्सटाउनमा भएको खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य पच्छ्याएको नेपाल ८५ रनमा अलआउट भएको हो । टस जितेर पहिला फिल्डिङ रोजेको … Read more