तनहॅुको जन्मथलो रिस्तीमा एक घर एक बिरूवा बितरण गर्दै पौडेल

तनहॅु ,२० बैशाख रिस्ती बिकास समाजका अध्यक्ष नवीनराज पौडेलले जन्मथलो तनहॅुको ब्यास-८ बाहुनपोखरा रिस्तीमा”एक घर एक बिरूवा”बितरण गर्ने घोषणा गर्नुभएको छ। आफ्नो जन्मदिनको अबसर पारेर पौडेलले आज यस्तो घोषणा गर्नुभएको हो । उहॅाले आफु जन्मथलोमा केही गरौ भन्ने भावनाले तिन दशकपछि गाउॅ फर्केको भन्दै रिस्तीमा एक घर एक फलफुलको बिरूवा बितरण गर्ने बताउनुभएको छ। फलफुलका … Read more

न्यू होप नमस्तेको अधिवेशन सम्पन्न ः अध्यक्षमा पुनः श्रेष्ठ

चितवन । चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट,भुपेन्द्र कर्माचार्य ,गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका … Read more

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने सहमति भएको हो। चिकित्सक संघका महासचिव डा सञ्जिव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने … Read more

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा थिए बेहुला, फिल्मी शैलीमा प्रेमिकाले गरिन् अपहरण

बिहेका लागि जन्तीसहित निस्कने तयारीमा रहेका दुलाहालाई एक युवतीले फिल्मी शैलीमा घरबाटै अपहरण गरेर लगेकी छन् । भारतको मध्य प्रदेश राज्यको दतिया जिल्लाकी काजल नाम गरेकी युवतीले झाँसीको रक्सा थाना क्षेत्रबाट बेहुलालाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा गएकी हुन् । काजलले आफू बेहुलाको प्रेमिका रहेको दाबी गरिन् । आफूलाई छाडेर अर्कैसँग विवाह गर्न लागेको भन्दै उनले … Read more

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु

सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद भवनमा पुगेका छन् ।

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिनुभयो । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उहाँले भन्नुभयो, “त्यो दिन विगतमा … Read more

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकामा खुसी व्यक्त गर्दै दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले कोप–२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ … Read more

पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा

पहलगाममा आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ, जसका कारण भारत र पाकिस्तानले एक अर्काका लागि आफ्नो हवाई क्षेत्र समेत बन्द गरेका छन् । पाकिस्तानले एक वर्षसम्म उसको हवाई क्षेत्र बन्द गरिरह्यो भने आफूले ठुलो घाटा बेहोर्नुपर्ने डर एयर इन्डियालाई छ । एक वर्षमा लगभग ४ अर्ब ६० करोड डलर ९५० अर्ब ५३ करोड … Read more

पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौंः देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले सो कुरा बताएका हुन् । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने समेत बताए ।  

कांग्रेसले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।