कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा– काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए ।  विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो … Read more

सातदोबाटोका तीन टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिहरू)

ललितपुर– ललितपुर महानगर प्रहरी बलले बिहीबार बिहान नक्सा पास नभएका घर-टहरामा डोजर चलाएको छ । सातदोबाटोस्थित चक्रपथसँगैका नक्सा पास नभएका तीनवटा टहरामा डोजर चलाएर महानगरपालिकाको टोलीले भत्काएको हो ।मापदण्डविपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर र नगर प्रहरी परिचालन गरे‍र भत्काइएको महानगरले जानकारी दिएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक यही साउन १८ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले … Read more

दलहरुबीच सहमति जुट्यो, प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी

काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा दलहरुबीच सहमति जुटेको छ। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको आज गृहमन्त्रालयमा बसेको बैठकले सहमति जुटाएको हो। कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाएको बैठक पछि कार्यदल सदस्य रहेका गृहमन्त्री रमेश लेखकले जानकारी दिए। बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको … Read more

पार्टी बैठक बालुवाटारमा राख्दिन: प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् । सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका हुन्। उनले आफूलाई सुझाव दिइरहन आग्रह … Read more

राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौं :राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा … Read more

२०८१ साल साउन १७ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र नयाँ ज्ञान सिक्ने … Read more

काठमाडौं आउन लागेको जहाजमा समस्या, मर्मत गर्न जाँदै इञ्जिनियर

काठमाडौं । धनुषाको जनकपुर विमानस्थलबाट काठमाडौं आउन लागेको यती एयरलाइन्सको विमानमा समस्या देखिएपछि उडान स्थगित भएको छ । आज दिउँसो काठमाडौं आउन लागेको जहाजमा प्राविधिक समस्या देखिएको एयरलाइन्सका कर्मचारीले जनाएको छ । जहाज मर्मतका लागि काठमाडौंबाट इञ्जिनियर जाने भएका छन् । उडान भर्ने क्रममा जहाज बिग्रेपछि यात्रुलाई सकुशल सुरक्षित स्थानमा लगिएको थियो ।

नवलपरासीका कारागार प्रशासक कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक (शाखा अधिकृत) विनोदकुमारदत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका कर्णविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनका अनुसार ​चोरी मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्तिलाई माफी मिनाहाका लागि सहजीकरण गरिदिने भन्दै कर्णले सेवाग्राहीसँग घुस मागेका थिए ।उक्त सूचनाका आधारमा आयोगको टंगालबाट … Read more

भरतपुरमा मोटरसाइकल र कार ठोक्किँदा घाइते भएका सैनिक जवानको मृत्यु

चितवन । चितवनमा कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका अर्का सैनिकको पनि मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क नजिक कार र मोटरसाइकल ठोक्किँदा गम्भिर घाइते भएका बन्दिपुर गाउँपालिका–३ बस्ने २६ वर्षीया दिनेश थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मंगलवार साँझ ७ः२५ बजेको समयमा पोखरा बसपार्कबाट रामनगरतर्फ जाँदै … Read more