नयाँ वर्ष मनाउन सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ … Read more

क्याम्पा चौरमा आज नयाँ वर्ष विशेष कन्सर्ट, साँझ ८ बजेसम्म प्रवेश निःशुल्क

नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ मा आज बिजनेश कन्क्लेभसँगै विशेष सांस्कृतिक प्रस्तुती हुने भएको छ । नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्ड आउँदै छन् । दर्शकले आज ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्षलाई स्वागत गर्न पाउनेछन् । नयाँ वर्षलाई लक्षित गरी आज … Read more

आजदेखि नारायणगढको क्याम्पाचौरमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ सुरू

नारायणगढको क्याम्पाचौरमा आज शुक्रबारदेखि ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ सुरू हुँदै छ । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले फुड फेस्टिबल आयोजना गरेको हो । फुड फेस्टिबलको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पो एण्ड फुड फेस्टिबल वैशाख २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म … Read more

चितवनमा दिपलको नयाँ शोरूम, बिक्रीवितरण सुरू

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीको बिक्रीवितरण सुरू गरेको छ । एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थनेत र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले संयुक्तरुपमा दिपल एस०७एल र दिपल ई०७ सार्वजनिक गरेका हुन् । दिपल इभी सार्वजनिक गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठले … Read more

नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट चितवन ।

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा नारायणगढको क्याम्पा चौरमा आजदेखि ‘बाह्रसिंगे मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ हुँदै छ । फुड फेस्टिभलको तयारी लगभग सकिएको आयोजकले बताएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज (शुक्रबार) बिहान ११ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा हुन लागेको … Read more

रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार: मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको डा. मुकुल ढकालले बताएका छन्। उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको समेत बताएका हुन्। आइतबार सामाजिक सञ्जाल फेसबूकमा त्यो समयको राजनीतिक गतिविधिबारे खुलाएर लामो स्टाटस लेख्दै ढकालले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री … Read more

माडीमा गैंडाको आक्रमणबाट भैंसी चराउन गएका व्यक्ति घाइते

माडी नगरपालिका–१ वनकट्टामा गैंडाको आक्रमणबाट काँस घारीमा भैंसी चराउन गएका एक व्यक्ति घाइते भएका छन् । सोमबार बिहान साढे ११ बजेको समयमा भैंसी चराउने क्रममा स्थानीय ६८ वर्षीय मंगले बोटलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते भएका बोटको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको ढाड र पेटमा चोट लागेको छ भने … Read more

७ करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी, फागुन १०- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताउनुभयो । उहाँ भन्नुभयो,“सटर … Read more

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना,यस्तो छ ट्राफिक प्रहरीको तथ्याङक

चितवन, फागुन ११- जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख … Read more

लाइसियममा ‘म पुस्तक पढ्छु’ कार्यक्रमको प्रस्तुति

चितवन, फागुन १०- रत्ननगरस्थित लाइसियम स्कुलमा “म पुस्तक पढ्छु” कार्यक्रमको दोस्रो चरणको प्रस्तुति सम्पन्न भएको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा संगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र … Read more