नारायणगढको पुल्चोकमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर,फागुन ६- चितवनको नारायणगढमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गयराती ९ः२० बजेको समयमा भरतपुर महानगरपालिका १ पुल्चोकमा नवलपुरको गैडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३००२ ख ३४२३ नम्वरको टेलरले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते नुवाकोट जिल्ला पन्चकन्या गाविस २ बस्ने ५५ वर्षिय दुर्गा कट्टेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर … Read more

भरतपुर–७ मा मिना खरेलको पक्षमा तात्यो चुनावी माहोल, कांग्रेस कार्यकर्ता उत्साहित

चितवन – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलको पक्षमा माहोल तातेको छ । भरतपुर महानगरपालिका–७ मा भएको घरदैलो अभियानमा मिना खरेलको पक्षमा बढ्दो जनसमर्थन देखिएसँगै नेपाली कांग्रेसका कार्यकर्ताहरू उत्साहित देखिएका छन्। बीपीको योगदानको स्मरण गर्दै क्यान्सर अस्पतालमा बीपीको सालिकमा माल्यार्पण गर्दै भरतापुर ७ … Read more

उप–सभापति भुसालद्वारा कांग्रेस चितवन–२ को प्रचार–प्रसार कार्यालय उद्घाटन, घरदैलो कार्यक्रमको शुभारम्भ

चितवन – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर–२ ले चुनावी अभियानलाई औपचारिक रूपमा तीव्र बनाएको छ। आज (सोमबार) केन्द्रीय उप–सभापति पुष्पा भुसालद्वारा क्षेत्रीय प्रचार–प्रसार समितिको कार्यालयको उद्घाटन गरिएको हो । कार्यालय उद्घाटनसँगै पार्टीले औपचारिक रूपमा घरदैलो कार्यक्रमको पनि शुभारम्भ गरेको छ। उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै उप–सभापति भुसालले नेपाली … Read more

चितवन २ मा मिना खरेलको घरदैलो अभियानमा उर्लियो जनसागर

चितवन – चितवन क्षेत्र नम्बर २ मा मिना खरेलको घरदैलो अभियानमा उल्लेखनीय जनसहभागिता देखिएको छ। आज भरतपुरको वडा नम्बर ३ र ४ मा आयोजित घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, लगाएत विभिन्न टोल–बस्तीमा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति देखिएको हो। घरदैलोका क्रममा ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूले खरेललाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। बिहानैदेखि सुरु भएको … Read more

महिलाको हक–हितमा समर्पित, हजारौँ असहाय बालबालिकाकी आमा बनेकी मिना खरेल चितवन–२ ले पाएको छ : उत्तम जोशी

चितवन – महिलाको हक, अधिकार, सशक्तीकरण तथा असहाय बालबालिकाको संरक्षण र पुनर्स्थापनामा लामो समयदेखि सक्रिय रहँदै आएकी समाजसेवी मिना खरेल यतिबेला चितवन क्षेत्र नम्बर २ बाट नेपालि काग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि होमिएकी छन्। खरेल चुनाव नजिकैसँगै घट्दैलो अभियान, पार्टीका नेताहरूसँग अन्तरक्रिया, छलफल लगायतका कार्यहरूमा व्यस्त छन्। सोही कार्यक्रम अन्तरगत काग्रेस प्रदेश सभा सदस्य उत्तम … Read more

तीन दशकको मौन समाजसेवाबाट संसद यात्राका लागि चुनावी दौडमा ‘मीना दिदी’

चितवन –  प्रेमले भरिएको दृष्टि, पीडामा ढल्किने हृदय र अन्यायविरुद्ध नडराउने आवाज । यी गुणहरूको समष्टि व्यक्तित्व हुन् मीनाकुमारी खरेल । सादा जीवन, उच्च विचार र निरन्तर सेवाको दर्शनलाई व्यवहारमै उतार्दै आएकी खरेल तीन दशकभन्दा बढी समयदेखि चितवनको समाजसेवामा सक्रिय छिन् । महिला, बालबालिका, सीमान्तकृत र आवाजविहीन समुदायको अधिकार, संरक्षण र पुनर्स्थापनामा समर्पित उनको जीवन … Read more

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता चितवन – चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलको घरदैलो अभियान निरन्तर चलिरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि आयोजना भएको घरदैलो अभियानमा आज भरतपुर महानगर वडा नम्बर १० मा सम्पन्न भएको हो। उम्मेदवार खरेलको घरदैलो अभियानमा भरतपुर १० का बासिन्दाहरुको … Read more

भरतपुर–२ मा उम्मेद्वार मीना खरेलद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

भरतपुर महानगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कार्यक्रमका बीच पुनः उद्घाटन गरिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त पारिएको उक्त कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। कार्यालयको उद्घाटन नेपाली कांग्रेसकी नेतृ मीना खरेलले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो भने वडा नम्बर–२ का क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताहरूको … Read more

मिना खरेल भन्छिन् : “नेतृत्व पद होइन, जिम्मेवारी हो”

चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, “नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो।” कांग्रेस चितवनले यतीबेला चुनावी अभियानलाई मध्यनजर गर्दै … Read more

चितवन क्षेत्र नम्बर–२मा मिना खरेल नै किन ?

चितवन क्षेत्र नम्बर–२ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ । दल तथा उम्मेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् । खरेल लामो समयदेखि महिलाहरूको हकहित र … Read more