अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त … Read more

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । मङ्गला गाउँपालिकाका पाँच वटा वडामा … Read more

जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ । जिल्लाको हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक/एक मतदान केन्द्र थप र तिला गाउँपालिका–९ मा एक मतदान केन्द्रको ठाउँ सार्न केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला … Read more

जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोदनमा श्रीयमको बलिदानी

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहनुभएका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा प्रहरीको गोली लागेर कलिलो उमेरमै यस संसारबाट बिदा हुनुभएको छ । मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका … Read more

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध

पछिल्लो समयमा अनलाइनबाट ठगी हुने क्रम बढेको भन्दै नेपाल प्रहरीले त्यसबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सार्वजनिक सूचना जारी गरेर अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध जारी गरेको हो । परिसरका प्रवक्ता पवनकुमार भट्टराईले नागरिक प्रलोभनमा परेर रकम ठगीमा पर्ने गरेका दैनिकजसो घटना आइरहेकाले सचेतनाका लागि सूचना … Read more

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका … Read more

स्वास्थ्य मन्त्रालयलाई भवन हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन सिंहदरबारमा तयार भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को नेपालस्थित कार्यालयले सिंहदरबारभित्र मन्त्रालयको ‘प्रिफ्याब’ भवन तयार भएको हो । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री डा सुधा गौतमलाई डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिका कार्यकारी प्रमुख डा क्याथरिना बोहेमलेले उक्त भवन हस्तान्तरण गर्नुभयो । सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रस्थित नेपाली सेनाको नरसिंह … Read more

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्किृत र विवादरहित बनाउन राष्ट्रियसभाको विधायन समितिसमक्ष आग्रह गर्नुभयो । समितिको आजको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले विधेयकलाई दर्शक, निर्माता, नियमनकर्तालगायत … Read more

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसिसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् । यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कूल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब छ अर्ब रुपैयाँ) पुगेको छ, जसमा अमेरिाको … Read more

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो । सरकार एक्लैले यो … Read more