देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चित कालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म … Read more

प्रधानमन्त्री ओलीको दमकस्थित घरमा ढुंगामुढा प्रहार

प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ । त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । हाल दमकको अवस्था तनावपूर्ण छ । जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन् । नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले त्यहाँभित्र रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुन् । दमक … Read more

पोखरामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ सहिदचोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण पश्चिमतर्फ पर्यटन … Read more

आन्दोलनका घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको उपचार निःशुल्क गर्न मातहतका सबै सङ्घीय अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले सङ्घीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी शीघ्र उपचारको व्यवस्था गर्न ‘सर्कुलर’ जारी गरिएको हो । यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक … Read more

जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थाले

जेनजीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक खुल्न थालेका छन । कैयन प्रयोगकर्ताले फेसबुक खुल्न थालेको बताएका छन् । वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका छन। तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ । यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन नआएको बताए ।

जेन-जी प्रदर्शनमा गोली लागेर ८ को ज्यान गुम्यो

जेन-जीको प्रदर्शनमा घाइते भएकामध्ये सोमबार ३ बजेसम्म ८ जनाले ज्यान गुमेको छ। सिभिल अस्पतालमा दुई जना घाइतेको र राष्ट्रिय ट्रमा सेन्टरमा पाँच जनाको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। त्यस्तै, एक प्रदर्शनकारीको संसद् भवन अगाडि नै घटनास्थलमा ज्यान गुमेको छ। प्रशासनको कर्फ्यूको बेवास्ता नगरी प्रदर्शनकारीहरू प्रदर्शनमा उत्रिएका छन्। सरकारबिरुद्ध जेनजी पुस्ताको आन्दोलन देशव्यापी रूपमा … Read more

गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीेले बागलुुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज बागलुुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रतिनिधिमण्डलमा सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी … Read more

भरतपुर महानगरपालिका तोडफोडको प्रयास,प्रहरीद्वारा अश्रुग्यास प्रहार,केही घाइते

चितवनको भरतपुर केहिबेर तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो । अश्रुग्यास … Read more

रास्वपाले बोलायो आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झा अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने । जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते … Read more

जेनजीको प्रदर्शनः एक जना प्रर्दशनकारीको निधन, तीन पत्रकार घाइते

जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा गोली लागेका एकजनाको निधन भएको छ। उपचारका क्रममा बानेश्वरकै सिभिल अस्पतालमा मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दियो। मृतकको पहिचान भने खुलाइएको छैन। प्रर्दशनको रिपोटिङ गर्न पुगेका तीन पत्रकार पनि घाइते भएका छन्। उनीहरुको सिभिल अस्पतालमै उपचार भइरहेको छ। घाइते हुनेमा नेपाल प्रेसकर्मी उमेश कार्की, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र … Read more