मुस्ताङमा लेक लागेर तिर्थालुको मृत्यु

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना … Read more

चितवनका १५ वटा लायन्स/लियो क्लवको संयुक्त पदस्थापन

नारायणगढ लायन्स क्लवलगायत १२ वटा लायन्स र ३ वटा लियो क्लवको आज (सोमबार) चार्टर क्लव सार्वजनिक, पदस्थापन तथा संयुक्त पदभार ग्रहण समारोह सम्पन्न भएको छ । नारायणघाटमा भएको भव्य समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपाल, क्लस्टर ४ रिजन १३, १४ र १६ अन्तरगतका १२ लायन्स क्लव र ३ वटा लियो क्लवको संयुक्त कार्यक्रम गरिएको … Read more

संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर मुलुक, जनता र संविधानको रक्षाका लागि समर्पित हुन आग्रह गर्नुभएको छ । नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उहाँले नेपाल इतिहासकै प्रतिकूल अवस्थामा उभिएको र कांग्रेस पार्टीसमेत प्रतिकूल अवस्थामा रहेको उल्लेख गर्दै देश … Read more

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ भारत प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट आज (सोमबार) अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन मन्त्री कुलमान भारत प्रस्थान गरेका हुन् । नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत … Read more

मङ्गलको भरपर्दो आम्दानीको स्रोत च्याउखेती

कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आउनुभएको छ । उहाँले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आउनुभएको हो । पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती सुरु गरेका चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर त्यसमा सातवटा टनेल बनाएर च्याउखेती गरिरहनुभएको छ । बाह्रै महिना च्याउ उत्पादन … Read more

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुग्नुभएको थियो । राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गर्नुभएको … Read more

राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रव्र्द्धन गरिनुपर्ने बताउनुभएको छ । आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उहाँले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त … Read more

समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ । यसैबीच, अरब सागरमा बनिरहेको नयाँ ‘डिप्रेसन’ले गुजरात र महाराष्ट्रलगायत पश्चिमी तटीय राज्यहरूमा बेमौसमी भारी वर्षा गराइरहेको छ । वर्षाले विशेष गरी किसानहरू प्रभावित भएका छन् । वर्षाका कारण … Read more

छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् । दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । छठको मुख्य दिन आज … Read more

अन्डाको भाउ बढ्यो, प्रतिक्रेट ५ सय

अन्डाको भाउ फेरि बढेको छ । उत्पादन घटेको र खपत बढेको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले आज (सोमबार)देखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ … Read more